नेपालले आज तान्जानियासँग खेल्दै

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २९, २०८०

काठमाडौं । नेपालले महिला टि-२० आई सिरिजमा आज तान्जानियासँग खेल्दैछ । चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा पहिलो खेल आज बिहान ७ : १५ मा सुरु हुँदैछ ।

हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।

तान्जानियाविरुद्धको खेलमा पहिलो पटक इन्दु बर्माले कप्तानी गर्दैछिन् । सिरिज खेल्नु अगाडि क्यानले रुविना क्षेत्रीलाई खेलाडीको रुपमा मात्र समावेश गरेर बर्मालाई कप्तानको जिम्मेवारी दिएको हो ।

नेपालले पहिलो पटक तान्जानियासँग खेल्न लागेको हो ।