
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ५ स्थित रैकरमा जारी फुटबलको आज फाईनल हुने भएको छ ।
बाघबच्छला युवा क्लव चाँपखोला फाईनल पुगिसकेको छ भने आज बिहान भञ्ज्याङ पोखरी युवा क्लव कुम्पुर र सुकौरा युवा क्लव नीलकण्ठ बीच हुने सेमिफाईनल विजेताले फाईनल खेल्ने छ ।
१० टिम सहभागी यस प्रतियोगिताको फाईनल खेल आज दिउँसो हुने आयोजक अन्नपूर्ण युवा क्लवका अध्यक्ष विष्णु श्रेष्ठले धादिङपोष्टलाई बताए । प्रतियोगिताको विजयी टिमले १५ हजार र उपविजेताले १० हजार पाउँने छन् ।