चरौंदीकाे यू-१९ फुटबल मलेखुले जित्याे

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २७, २०८०

धादिङ । धादिङको बेनिघाट रोराङ ५ र ७ को युवा तथा खेलकुद विकास समितीको आयोजना तथा चरौदी समाज सुधार युवा क्लबको व्यवस्थापनमा कार्तिक २५ गतेबाट चरौंदी खेल मैदानमा जारी यू १९ फुटबल प्रतियोगिता लामा ओडी मलेखुले जितेकाे छ ।

नेपाल माझी उत्थान स्युरेनीटारलाई २ गाेलले पछि पार्दै लामा ओडी मलेखुले प्रतियाेगिता जितेकाे हाे । याे जित सँगै मलेखुले २० हजार र उप विजेता स्युरेनीटारले १० हजार हात पारेकाे दुर्गाबाबु गुरुङले धादिङपोष्टलाई बताए ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिह तामाङकाे प्रमुख अातिथ्यतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोल किपरलाई जनही २ हजार प्रदान गरिएकाे थियाे । प्रतियाेगितामा ११ टिमले भाग लिएका थिए ।