कल्याणकारी कोषका लागि पत्रकारको देउसी भैलो

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २७, २०८०

प्रेस चौतारी नेपाल पाल्पा शाखाले पत्रकार कल्याणकारी कोष स्थापनाका लागि देउसी भैलो कार्यक्रम सुरु गरेको छ ।

शाखाका अध्यक्ष कृष्ण कार्कीले तिहारको मौलिकपन जोगाउन तथा पत्रकार कल्याणकारी कोष स्थापना सहयोगार्थ देउसी भैलो कार्यक्रम गरिएको बताएका छन् ।

शाखाले यस आर्थिक वर्षभित्र ११ लाख ११ हजार एकसय ११ रुपियाँ बराबरको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ ।