चरौंदीमा जारी यू-१९ फुटबल दोस्रो दिनको खेल अपडेट

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २६, २०८०

धादिङ । धादिङको बेनिघाट रोराङ ५ र ७ को युवा तथा खेलकुद विकास समितीको आयोजना तथा चरौदी समाज सुधार युवा क्लबको व्यवस्थापनमा कार्तिक २५ गतेबाट चरौंदी खेल मैदानमा जारी यू १९ फुटबल प्रतियोगितामा आज ३ खेल सम्पन्न भएको छ ।

आज भएको खेल अपडेट
खेल नं. ४: प्रोटेस्ट कारण पेन्डिङ
खेल नं. ५: बिशालज्योती युवा क्लबका विरुद्ध चरौदी समाज सुधार (CYC) : (0-5)
CYC का लागि गोल: १. सुर्य बुढाथोकी २ गोल, २. शक्ति बुढाथोकी १ गोल, ३. विशाल बस्नेत १ गोल अर्को एक गोल आत्मघाती
खेल नं. ६: हाइवे स्पोर्ट्स क्लब मजिमटार भर्सेज लामा ओडि, ट्राइबेकरमा (लामा ओडि विजयी)
खेल नं. ७: RCFC vs नेपाल माझी उत्थान( 0-2) (माझी उत्थान विजयी)

११ टिम सहभागी यस प्रतियोगिताको पुरस्कार राशी प्रथम २० हजार, उप विजेता १० हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोल किपरलाई जनही २ हजार रहेको दुर्गाबाबु गुरुङले धादिङपोष्टलाई बताए ।