चरौंदीमा जारी यू-१९ फुटबल खेल अपडेट

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २५, २०८०

धादिङ । धादिङको बेनिघाट रोराङ ५ र ७ को युवा तथा खेलकुद विकास समितीको आयोजना तथा चरौदी समाज सुधार युवा क्लबको व्यवस्थापनमा आज कार्तिक २५ गत्ते बाट चरौंदी खेल मैदानमा यू १९ फुटबल प्रतियोगिता सुरुभएको छ ।

आजको खेल उपडेट
पहिलो खेल: चरौदी समाज सुधार युवा क्लब (CYC) vs सलाङघाट फुटबल क्लब (३-१) चरौदी समाज सुधार युवा क्लबका लागि शक्ति बुढाथोकी ,निशान श्रेष्ठ र विश्वास बस्नेतले एक एक गोल गरेका थिए भने सलाङ्घाटका लागि अनिश थापाले सान्त्वना गोल फर्खाएको थियो । यस खेलका लागि म्यान अफ द म्याच CYC का भाइ निशान श्रेष्ठ भए ।

दोस्रो खेल: हाइवे स्पोर्ट्स क्लब मजिमटारले गण्डकी युवा क्लब ,सिउरेटार विरुद्ध ५-० ले जित हासिल गर्न सफल भएको छ। हाइवे स्पोर्ट्सका लागि म्यान अफ द म्याच भएका मोहित एक्लैले तीन गोल र आशिष गिरिले एक गोल गर्न सफल भएका थिए भने एक गोल उपहार पाएका थिए ।

तेस्रो खेल: आजको अन्तिम खेल RCFC ले गण्डकी वडा नं. ८ विरुद्ध ५-० को गोल अन्तरले सानदार जित हासिल गरे । यसमा पनि म्यान अफ द म्याच सलमान तामाङले हाट्रीक हानेका थिए । बाकी दुई गोल क्याप्टेन अनिक त्रिपाठिले गरेका थिए । म्यान अफ द म्याचका लागि रु ५०० तथा मेडल थियो ।

११ टि सहभागी यस प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले गरेका थिए । यस प्रतियोगिताको पुरस्कार राशी प्रथम २० हजार, उप विजेता १० हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोल किपरलाई जनही २ हजार रहेको दुर्गाबाबु गुरुङले धादिङपोष्टलाई बताए ।