धादिङ समाज जापानले खुल्ला मञ्चमा प्यारफिट बनाउन १० लाख दिने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २६, २०८०

धादिङ । धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा प्याराफिट निमार्णका लागि धादिङ समाज जापानले नीलकण्ठ नगरपालिका सँग साझेदारी गर्ने गरि १० लाख दिने भएको छ ।

जापानमा रहेका नीलकण्ठ नगरपालिकाका अध्यक्ष भिम प्रसाद ढुङ्गाना सँग सम्झौता गर्दै धादिङ समाज जापानले काम सुरुभएपछि ५० प्रतिशत र काम सम्पन्न भएपछि बाँकी रकम नीलकण्ठ नगरपालिकालाई उपलब्ध गराउने गरि सम्झौता भएको छ ।

सम्झौता पत्रमा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना र धादिङ जापान समाजका अध्यक्ष श्यामहरि तिम्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौता पछि नगरप्रमुख ढुङ्गानाले महत्वपूर्ण सहयोगका लागि धादिङ समाज जापान परिवारलाई धन्यावाद दिँदै तिहार लग्गतै काम सुरु गरिने प्रतिवद्धता जनाएका थिए ।