धादिङले आज दोलखा सँग क्वाटरफाईनल खेल्ने

Avatar photo
नारायण सिलवाल
बिहिबार, कार्तिक २३, २०८०

धादिङ । विजेताले २ लाख ५० हजार र उप विजेताले १ लाख २५ हजार पाउने दोलखा जिल्ला फुटबल संघको आयोजनामा दोलखाको भिमेश्वर रंगशालामा जारी फुटबल प्रतियोगितामा धादिङले आज दिउँसो १ बजे एक्टिभ ब्वाईज कल्ब, खरीढुङ्गा दोलखा सँग क्वाटरफाईनल खेल्ने भएको छ ।

धादिङ पहिलो खेल बाई पाउँदै आज सिधैं क्वाटरफाईनल खेल्न लागेको हो भने चरिकोट गेमिङलाई पराजित गर्दै एक्टिभ ब्वाईज कल्ब खरीढुङ्गा दोलखा क्वाटरफाईनलमा आएको हो ।

जिल्ला फुटबल संघ धादिङका अफिसियल प्रशिक्षक रवि भण्डारीका अनुसार धादिङ टिमबाट रुपेश अधिकारी, सागर तामाङ, विजय लामा, शैलेन्द्र लामा, कबिन्द्र तामाङ, बिमल तामाङ, रजन बोहरा, अमित थापा, मनिश नेपाल, आशिष प्रजा, सुर्य लामा र समीर गुरुङ खेल्ने छन् ।