धादिङमा अत्याधिक भित्रियो प्लाष्टिकका फूलमाला, किसान मर्कामा, सरकारी सूचना ओझेलमा

Avatar photo
नारायण सिलवाल
मङ्लबार, कार्तिक २१, २०८०

धादिङ । धादिङ फूल उत्पादन गर्ने ख वर्गको जिल्लामा पर्छ । यसपालि धादिङका किसानले १५०० रोपनी भन्दा बढीमा फूलखेती गरेका छन् । सरकारले प्लाष्टिक जन्य फूल उत्पादन तथा विक्रि वितरणमा गर्न नपाईने भनेर राजपत्रमा समेत सूचना प्रकाशित गरेपछि यो वर्ष फूल उत्पादनमा किसानहरुले थप लगानी समेत गरे ।

सरकारले गत साउन १२ गते राजपत्रमा उल्लेखित सूचनामा भनिएको छ । प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने र उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने बताईएको छ ।

तर धादिङमा तिहार सुरु नहुँदै प्लास्टिकका फूल माला अत्याधिक भित्रिएका छन् । किसानहरुले फूल बेच्न बजार खोजी रहेको बेला धादिङबेसीमा गत वर्षको तुलनामा ६० प्रतिशत प्लाष्टिकका फूलमाला भित्रिएको अनुमान छ । अन्यत्र जिल्लामा स्थानीय सरकारले प्लाष्टिकका फूलमाला बेच्ने व्यवसायीहरुलाई कार्वाही गरेको पाईन्छ भने धादिङका स्थानीय सरकारले यसतर्फ कुनै चासो देखाएको छैन भने जिल्ला प्रशासन समेत मौन देखिन्छ ।

धादिङमा १०० भन्दा बढी जातका उन्नत विरुवाहरु उत्पादन गर्दै आएको प्रारम्भ एग्रो नर्सरीका संचालक प्रकाश दुवाडी यस तिहारलाई लक्ष्यित गर्दै ८–१० क्वीटल भन्दा बढी सयपत्री फुल स्टोरेज गरिसकेको बताउँछन् । बजार प्लाष्टिकका फूलमाला रहित हुन्छ भन्ने थियो तर तिहार लक्ष्यित गरेर बजारमा प्लाष्टिकका फूलमाला अत्याधिक मात्रामा भित्रिएकोले चिन्ता व्यक्त गरे ।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भने आफूलाई प्लाष्टिक जन्य फूल उत्पादन तथा विक्रि वितरणमा रोक लगाउनु भन्ने परिपत्र मन्त्रालयबाट नआएको बताउँछन् । रोक लगाउनु भन्ने परिपत्र आफूले पाएको छैन तथापी प्लाष्टिक जन्य फूल उत्पादन तथा विक्रि वितरणमा निरुत्साही गर्न सूचना जारी गरिने र उत्पादन तथा विक्रि वितरण नगर्न अनुरोध गरिने बताउँछन् ।

धादिङका सिडिओले माथिबाट परिपत्र नआएको भनिएको राजपत्रमा प्रकाशित सूचना