धादिङ प्रिमियर लिगका लागि थाक्रेद्वारा खेलाडी छनोट

Avatar photo
नारायण सिलवाल
आइतवार, कार्तिक १९, २०८०

धादिङ । यहि मंसिर २ गते देखि हुने अन्तर पालिका स्तरीय धादिङ प्रिमियर लिग (डीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको लागि थाक्रे गाउँपालिकाले खेलाडी छनोट गरेको क्रिकेट विकास समिति थाक्रेका अध्यक्ष दिनेशराज अर्यालले बताए ।

पालिकाको अनुमतिमा अहिले १७ जना खेलाडी छनोट भएका छन् । राष्ट्रिय १ जना र प्रदेश २ जना अझै फाईनल भई नसकेको बताउँदै अध्यक्ष अर्यालले धादिङपोष्टलाई भने अन्य खेलाडी यहि १७ जनाबाट अन्तिम छनोट गरिनेछ ।

छनोटमा परेका १७ जनाको सूची

१. सबिन शाहि ठकुरी
२. अमृत बिडारी
३. मनिष रेग्मी
४. अनिष रेग्मी
५. सुमन कोईराला
६. सुरेन्द्र आचार्य
७. रोशन पौडेल
८. आयुष रिजाल
९. सौगात ढकाल
१०. शेष असगर हुसेन
११. सरोज लामा
१२. सुरेश आचार्य
१३. सन्तोष पौडेल
१४. सन्दिप अधिकारी
१५. संगम बिडारी
१६. वसन्त रुपाखेती
१७. दिपेश रेग्मि