चरौंदीमा कार्तिक २५ देखि यू-१९ फुटबल हुने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १९, २०८०

धादिङ । धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा पालिका स्तरीय यू १९ फुटबल प्रतियोगिता हुने भएको छ ।

बेनीघाट रोराङ वडा नम्बर ५ र ७ को युवा तथा खेलकुद विकास समितिले आयोजना गर्ने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम २० हजार, उप विजेता १० हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोल किपरलाई जनही ५ हजार प्रदान गरिने बताईएको छ ।