लगनशिलको दशाैं फुटबल प्रतियोगिताको फाईनल भोली, विजेताले १ लाख ५० हजार जित्ने

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ११, २०८०

धादिङ । धादिङको फुटबल विकासमा महत्वपूर्ण योगदान गर्दै आईरहेको लगनशिल युवा क्लव ज्वालामुखीले कार्तिक ९ गते देखि आयोजना गरेको दशौं खुल्ला क्लव स्तरीय नाईन ए साईड फुटबल प्रतियोगिताको सेमिफाईनल र फाईनलका खेलहरु भोली कार्तिक १२ गते हुने भएको छ ।

लगनशिल युवा क्लव निवर्तमान अध्यक्ष कृष्ण गिदेलका अनुसार ज्वालामुखी गाउँपालिका ७ स्थित धारापानी खेल मैदानमा जारी प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा बृहत सांस्कृतिक कार्यक्रम समेत हुने छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण लगनशिलको अफिसियल फेसबुक पेजबाट लाईभ हेर्न सकिने समेत निवर्तमान अध्यक्ष गिदेलले धादिङपोष्टलाई बताए ।

सेमिफाइनल प्रवेस
Salbas vs laganshil A
Sunrise vs laganshil B
आज सम्पन्न क्वाटर फाईनलकाे नतिजा
१. लगनशिल ए ४ गाेल विरुद्ध डाडाँगाँउ युवा क्लब सल्यान्टार २ गाेल (पेनाल्टी)
२. सालबास युनाईटेड बी १ गाेल विरुद्ध पाल्पा मनकामना क्लव ० गाेल
३. सनराईज फुटबल क्लव १ गाेल विरुद्ध सेभेन स्टार फुटबल क्लव ० गाेल
४. लगनशिल बी ४ गाेल विरुद्ध एकता फुटबल क्लब खरी १ गाेल

१७ टिम सहभागि हुने भएका छन् भने यस प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उप विजेताले ७० हजार पाउने छन् । गत वर्ष सम्पन्न नवौं संस्करणको प्रतियोगिता १६ टिम सहभागि रहेकोमा सल्यानटार सिटीले जित्दै नगद १ लाख ३० हजार हात पारेको थियो ।