सल्यानटार सिटी विजयी, जित्यो १ लाख ३० हजार

Avatar photo
Dhadingpost
अशोज २५, २०७९

धादिङ । धादिङ जिल्लाकै सर्वाधिक धनराशीको नवौं खुल्ला क्लव स्तरीय ‘नाईन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि चुम्दै सल्यानटार सिटीले नगद १ लाख ३० हजार जितेको छ । ज्वालामुखी गाउँपालिका-७ स्थित धारापानी खेल मैदान आज मैदीलाई १-० ले पराजित गर्दै सल्यानटार सिटीले उपाधी चुमेको हो ।

पहिलो हाफ बराबरीमा रोकेको मैदीले दोस्रो हापको अन्तिम समयमा सल्यानटार सिटीका सन्तलाल गुरुङको गोल रोक्न नसक्दा उप विजेतामा चित्त बुझायो । उपविजेतामा रोकिएको मैदीले ६५ हजार हात पारेको छ ।

काठमाडौंमा जारी शहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेलिरहेको लगनशिल युवा क्लब ज्वालामुखीले आयोजना गरेको यस प्रतियोगितामा उत्कृष्ट खेलाडीले जनही पाँच हजार, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान चाररचार हजार प्राप्त गरेका छन् । फोटोः दिलिप श्रेष्ठ