एनआरएनए अमेरिकाका सहकोषाध्यक्ष दिवाकर पाण्डेद्वारा भिमोदय माविको अक्षयकोषलाई १० लाख सहयोग

Avatar photo
Dhadingpost
शनिबार, अशोज २७, २०८०

धादिङ । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको सह कोषाध्यक्ष एवम् त्रिपुरासुन्दरी गाउँपालिका धादिङ खहरेका दिवाकर पाण्डेले त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित भिमोदय माध्यामिक विद्यालय गोलाङमा अक्षयकोष संचालनका लागि १० लाख रुपैँया प्रदान गरेका छन् ।

शुक्रबार एक विशेष कार्यक्रमका बीच पाण्डेले बुबा हिक्मत बहादुर पाण्डेको स्मृतिमा अक्षयकोष खडा गर्न विद्यालयका प्रधानाध्यापक विष्णुहरि शाहलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रअ शाहले अक्षयकोषबाट आएको ब्याजले उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष छात्रबृत्ति प्रदान गरिने बताए ।

रकम हस्तान्त्रण कार्यक्रममा पाण्डेले हामी विदेशमा छौं, तर पनि मन नेपाल र आफ्नो जम्भूमि प्रति नै हुन्छ । आफ्नो जन्म भूमिका लागि केहि गर्ने सपनाहरु अझै छन् सामाजिक सहकार्यमा आफु साथमा हुने बताएका थिए ।

गत जुलाई २२ र २३ मा सम्पन्न गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिका निर्वाचनमा पाण्डेले ०२३–२५ का लागि ४ हजार ६९१ मत ल्याउँदै सह कोषाध्यक्षमा विजयी भएका थिए । फोटो सौजन्यः ध्रुव पाण्डे