धार्के चालिसेमा असोज २७ गते दशैं विशेष सांस्कृतिक उत्सव हुने

Avatar photo
Dhadingpost
शनिबार, अशोज २०, २०८०

धादिङ । धादिङको धेनीबेसी नगरपालिका ६ धार्के चालिसेमा दशैं जिशेष सांस्कृतिक उत्सव हुने भएको छ।

राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजना तथा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति, धादिङको सह-आयोजनामा बडा दशैं विशेष सांस्कृतिक उत्सव हुन लागेको कार्यक्रम संयोजक रुपक परियालले धादिङपोष्टलाई बताए ।

असोज २७ गते हुने उक्त कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती हुने संयोजक परियारले बताए ।