प्रहरीबाटै अन्यायमा परें -हरिशरण नेपाल

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ५, २०८०

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का हरिशरण नेपालले आफू प्रहरीबाटै अन्यायमा परेको बताएका छन् । उनले आफूलाई गैरकानुनी रुपमा ३ दिन जेलमा राखेको बताएका छन् ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा सोही मुद्दामा उच्च अदालतको आदेश भन्दै जर्वजस्ती पक्राउ गरी १० वर्षका लागि थुनामा पठाएका धादिङ नीलकण्ठ ९ का हरिशरण नेपाल ३ दिनमै जेल मुक्त भएका थिए ।

जेल मुक्त भएसँगै नेपालले विज्ञप्ती जारी गरि आफू प्रहरीबाटै अन्यायमा परेको र प्रहरीले चरित्र हत्या गरेको जनाएका छन् ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय नेपाललाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ०८० असोज १ गते घर नजिकैबाट पक्राउ गरि जिल्ला अदालत पेश गरेको थियो । जिल्ला अदालतले उच्च अदालत ललितपुरको आदेश अनुसार भन्दै चलानी नम्बर ०८०–४६–०००००१ मा पत्रलेखेर नेपाललाई बैंकिङ कसुर मुद्दामा ०९० असोज ७ गतेसम्म कारागारमा नियमानुसार सिदा दिएर थुनामा राख्न जिल्ला कारागारलाई लाई पत्र लेखेर थुनामा पठाएको थियो ।

प्रहरीले पक्राउ गर्दा सर्वोच्च अदालतको तारेख पुर्जी सहित जिल्ला अदालतमा पेश गरेका नेपालले आफूले दिएको तारेख पूर्जी समेत नहेरी मुद्दाबारे बेवास्ता गरि कारागार पठाएर सर्वोच्च अदालतको उत्प्रेषण आदेशको अवज्ञा गर्दै प्रतिशोधपूर्ण ढंगबाट जेल चलान गराएको भन्दै सो बिषयमा आपत्ती जनाउँदै मानवअधिकार र न्यायका लागि मानहानी र क्षतिपूर्ति खोज्दै अदालत जाने समेत उनले विज्ञप्तीमा जनाएका छन् ।

सर्वोच्च अदालतले नेपाललाई उच्च अदालतको आदेश अनुसारको बैंकिंङ कसुर मुद्दामा ठहरेको कैद जरिवाना बापत नेपालले सार्वेच्च अदालतमा जेथा जमानत राखी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिमको सुबिधा प्राप्त गरि रिट निवेदन दर्ता गरेको भन्ने सवोच्च अदालतको आदेशको पत्र बमोजिम नेपाल असोज ४ गते कारागारबाट रिहा भएका थिए ।