मझिमटारमा अन्जन स्मृति कप सुरु, ३२ टिम सहभागि (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ४, २०८०

धादिङ । बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले उद्घाटन गरे सँगै प्रथम अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष विवेकले बेनीघाट रोराङ खेलकुद मैत्री पालिका भएको दावी गरेका थिए । पालिकाले खेलकुद पूर्वाधार देखि खेलाडी उत्पादनमा विशेष जोड दिईरहेको बताएका थिए ।

आज भएको उद्घाटन खेलमा मझिमटारको स्थानीय क्लव हाईवे स्पोट्स क्लवलाई जनएकता क्लव जवाङले पराजित गरेको छ । जवाङले २ गोल गर्दा हाईवे स्पोट्स १ गोलमा समेटिएको थियो ।

प्रतियोगिताको पुरस्कार राशी प्रथम ५० हजार र उप विजेता २५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार रहेको छ ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ ।