अञ्जन स्मृति कपको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने, ३२ टिमले भाग लिने

Avatar photo
Dhadingpost
बुधबार, अशोज ३, २०८०

धादिङ । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ ले मझिमटारको आयोजनामा हुन लागेको पहिलो अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् ।

प्रतियोगितामा ३२ टिमले भाग लिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरस्कार राशी प्रथम ५० हजार र उप विजेता २५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार रहेको छ ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ । तस्वीर सौजन्यः सन्तोष पौडेल

सहभागि टिमको नामावली र खेल तालिका