फरार प्रतिवादी धादिङका हरिशरण नेपाल पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २, २०८०

धादिङ । नीलकण्ठ नगरपालिका ९ धारापानी बस्ने वर्ष ३५ को हरि शरण नेपाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा दोसी देखिएका नेपाललाई धादिङबेसी पुछारबजारबाट पक्राउ गरिएको प्रहीले जनाएको छ ।

पक्राउ पर्नुको कारण
सिंगा बहादुर लामा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला धादिङ साविक मुरलीभञ्ज्याङ गा.वि.स. वडा नं. ५ हाल ऐ. परीवर्तित नीलकण्ठ नगरपालिका वडा नं. ९ धारापानी बस्ने वर्ष ३५ को हरि शरण नेपाल भएको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७९।०९।२६ गतेको फैसला बमोजिम पाँच दिन कैद रु. १७,००,०००/- (सत्र लाख) जरिवाना र रु. ६८,०००/- (अठसठ्ठी हजार) क्षतिपुर्ति भराउने फैसला र विक्रम तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज हरि शरण नेपाल भएको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७९।०३।१४ गतेको फैसला बमोजिम दुई दिन कैद रु. १७,००,०००/- (सत्र लाख) जरिवाना र रु. ६८,०००/- (अठसठ्ठी हजार) क्षतिपुर्ति गरी जम्मा ७ (सात) दिन कैद र रु, ३४,००,०००/- (चौतिस लाख) जरिवाना र तथा रु, १,३६,०००/- (एक लाख छत्तिस हजार) क्षतिपुर्ति भएको निज प्रतिवादी हरि शरण नेपाललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८०।०६।०१ गते जिल्ला धादिङ नीलकण्ठ नगरपालिका वडा नं.३ पुछार बजार बाट पक्राउ गरी सम्मानित धादिङ जिल्ला अदालतमा पेश गरिएकोमा प्रतिवादीले फैसला बमोजिमको रकम दाखिला गर्न नसकेको हुँदा निजलाई कारागार कार्यालय धादिङमा पठाईएको ।