
धादिङ । जापानमा रहेका धादिङबासीहरुको साझा संस्था धादिङ समाज जापानले हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न गरेको अध्यक्ष श्यामहरि तिम्सिनाले धादिङपोष्टलाई बताए ।
जिल्लामा विभिन्न सामाजिक काममा हातेमालो गर्दै आएको धादिङ समाज जापानको उक्त तिज विशेष कार्यक्रम टोक्योको सिनओकुबो स्थित नेवा डाईनिङमा सम्पन्न भएको हो ।
कार्यक्रममा जापानमा कर्म थलो बनाँउदै गीत संगितमा छुट्टै परिचय बनाएका कलाकारहरु राजकुमार बानियाँ, खेमराज पौडेल, सोना केसी तथा सकुन्तला प्रसाईँको मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।












