धादिङ । जिल्ला भलिबल संघ धादिङले असोज ३ गते धादिङबेसीमा महिला फुटबल प्रतियोगिता गर्ने भएको छ ।
भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङका अनुसार संविधान दिवसको अवसरमा उक्त मैत्रिपूर्ण प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा नीलकण्ठ नगरपालिका खाल्टेको प्रकाश मावि, बेनिघाट रोराङ गाउँपालिका मलेखुको बागेश्वरी मावि, सिद्धलेक गाउँपालिका सलाङघाटको जलेश्वरी मावि र धादिङ भलिबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्ने छन् ।