धादिङ । नेपाल स्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघको आयोजनामा ललितपुरमा भएको ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङका ५ खेलाडीले मेडल जितेका छन् ।
उक्त प्रतियागितामा जिल्ला र विभाग गरी धादिङका ५० भन्दा बढी खेलाडीहरुले भाग लिएका थिए भने नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले पाचौँ डानको लाईसेन्स प्राप्त गरेपछि पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिताको रेफ्रीको भुमिकामा देखिए ।
जिल्ला अध्यक्ष गिरीका अनुसार मेडल जित्ने धादिङका ५ खेलाडीहरुमा रामकुमार पोखरेलले पुम्सेमा स्वर्ण जितेका छन् उनले नेपाल आर्मीबाट खेलेका थिए । यस्तै एपीएफबाट खेलेका अभिशेक डल्लाकोटीले ५४ केजी सिनियर तर्फ स्वर्ण जिते भने अल्टिमेट डोजाङबाट खेलेका सुप्रिम बजगाईले पनि ४५ केजी जुनियर तर्फ स्वर्ण जित्न सफल भए । त्यसैगरी एपीएफबाट खेलेका रुपेश तामाङ ५८ केजि सिनियर तर्फ दोस्रो भए भने सुप्रिमा बजगाई ४६ केजी सिनियर तर्फ तृतिय हुन सफल भईन् ।