एनआरएनएको आशन्न चुनावमा धादिङका चार जनाको उम्मेदवारी घोषणा

Avatar photo
गोविन्द बुढाथोकी
बुधबार, भदौ २७, २०८०

धादिङ । धादिङ घर भई हाल नेपाल बाहिर बसोबास गर्दै आएका ४ जनाले आशन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको २०२३–२०२५ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

धादिङ बुधबार घर भई बेल्जियम बस्दै आएका लोकप्रसाद दाहाल र बेनीघाट रोराङ घरभई यूएई बस्दै आएका मनोज गोर्खाली, यूएई बस्दै आएका नीलकण्ठ नगरपालिकाका ठाकुरप्रसाद ढुंगाना र पोर्तुगल बस्दै आएका नीलकण्ठ नगरपालिकाका रविन अधिकारीले आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

लोक दाहाल हाल सह-कोषाध्यक्ष हुँदै कोषाध्यक्ष पदमा कार्यरत छन्, उनले सचिव पदका लागि उम्मेदवारी गरेका छन् । एनआरएनए मध्य पूर्वको संयोजक मनोज गोर्खालीले पनि सचिव पदका लागि नै उम्मेदवार घोषणा गरेका छन् । एनआरएनएको विधान अनुसार सचिवमा ६ जना निर्वाचित हुने छन् ।

यस्तै एनआरएनए एनसीसी युएईका अध्यक्ष रहेका ठाकुरप्रसाद ढुंगानाले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने पोर्तुगलको पुर्व एनआरएनए अध्यक्ष रविन अधिकारीले यूवा संयोजक पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको २०२३–२०२५ कार्यकालका लागि आगमी महिना निर्वाचन हुँदैछ ।