धादिङका लोक दाहाल र मनोज गोर्खालीद्वारा एनआरएनएको सचिवमा उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
आइतवार, भदौ १७, २०८०

धादिङ । धादिङ घर भई बेल्जियम बस्दै आएका लोकप्रसाद दाहाल र यूएई बस्दै आएका मनोज गोर्खालीले आशन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको २०२३–२०२५ कार्यकालका लागि सचिव पदमा उम्मेद्वारी दिने भएका छन् ।

एनआरएनएमा विभिन्न पद मध्य सचिवमा ६ जनाका लागि निर्वाचन हुन्छ, जस मध्य धादिङ बुढाथुम निवासी दाहाल र बेनीघाट रोराङ निवासी गोर्खालीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । दाहाल हाल एनआरएनएको कोषाध्यक्ष पदमा कार्यरत छन् भने गोर्खाली एनआरएनए मध्य पूर्वको संयोजक हुन् ।

नेपाल लगायत दक्षिण एसियाली देश र अफ्रिकाका देशहरुमा पनि आफ्नो परोपकारी कामलाई स्थापित गर्न सफल दाहाल राजनीतिक रुपमा माओवादी केन्द्रको अध्यक्ष सँग सिधा पहुँच राख्न सक्छन् भने नेपाल र नेपाली त्यसमा पनि युवा माझ सामाजिक अभियानताका रुपमा चिनिने गोर्खाली कांग्रेस सभापति शेरबहादुर देउवा सँग सिधा सम्पर्कमा रहने व्यक्ति हुन् ।