धादिङका मनोज गोर्खालीद्वारा एनआरएनएको सचिवमा उम्मेद्वारी

Avatar photo
Dhadingpost
आइतवार, साउन २१, २०८०

धादिङ । नेपालमा जहाँ विपत त्याहाँ मनोज गोर्खाली भन्दा अनर्थ हुँदैन, मानविय सहयोगको क्षेत्रमा मनोज गोर्खाली परिचित नाम हो । दुबई बस्दै आएका धादिङका उनै गोर्खालीले सेवाभावलाई फराकिलो पार्न एनआरएनएको सचिवमा उम्मेद्वारी दिएका छन् ।

धादिङ बेनीघाट रोराङ गाउँपालिकाका गोर्खालीले यो पटक गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको २०२३–२०२५ कार्यकालका लागि सचिव पदमा उम्मेद्वारी दिएका हुन् । अहिले उनी एनआरएनए मध्य पूर्वको संयोजक छन् ।

मध्य पूर्वको कुशल नेतृत्व गर्न सफल उनी यस अघि २००९ मा एनसीसी युएईका पंजिकृत सदस्य, २०११-२०१३ कार्यकालमा राष्ट्रिय समन्वय परिषद युएईको उपाध्यक्ष,२०१७-२०१९ कार्यकालमा अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रिय सदस्य,२०१९-२०२१ र २०२१-२०२३ को कार्यकालमा मध्यपुर्ब क्षेत्रीय उप-संयोजक बनेका थिए ।

मध्यपूर्वमा बीस लाख भन्दा बढी नेपाली युवा श्रमिकहरु श्रम बेचिरहेका छन उनीहरुको नेतृत्व एनआरएनए वृतमा चलयमान जुझारु युवाका रुपमा रहेका मनोजले गरिरहेका छन् । एनआरएनएको चुनावमा अक्टोबरमा नेपालमा हुने कार्यक्रम रहेको छ ।

मध्यपूर्व संयोजक मनोज गोर्खालीले सातैवटा एनसीसीहरुको महाधिवेशनहरु उदनहरणिय रपमा सम्पन्न गरेका छन् । जस मध्य कुवेत, बहराईन, साउदी अरबिया, ओमन, ईराक, युएईको अनिवेशन सर्वसम्मत कार्य समिति गठन गर्दै समापन गरे भने कतारमा निर्वाचन मार्फत कार्य समिति गठन गरि आफ्नो जिम्मेवारी सुखद बनाउँदै अहिले आईसीसी सचिव बन्ने दौडमा रहेका हुन् ।