धादिङमा आजबाट जिल्ला नकआउट फुटबल प्रतियोगिता सुरु, १२ टिम सहभागी

Avatar photo
Dhadingpost
बुधबार, भदौ २७, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघले आजबाट जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता गजुरीको गलौंदी खेल मैदानमा सुरु गरेको छ । यस प्रतियोगितामा जिल्लाका १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन आज बिहान गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले एक औपचारिक कार्यक्रमका बीच गरेका थिए । नकआउट प्रतियोगिता हुनु अघि जिल्ला फुटबल संघ धादिङका कार्यसमिति र गजुरी गाउँपालिकाका जनप्रतिनीधि/कर्मचारी बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता संघले जितेको छ ।

नकआउट खेल्ने १२ वटा क्लवहरु

  • हाइवे स्पोर्ट्स क्लव, बेनीघाट रोराङ
  • धादिङ जेसिस, धुनीबेसी
  • संवाहक युवा क्लव, धुनीबेसी
  • वच्छलादेवि युवा क्लव, धुनीबेसी
  • देवाली छाप युवा क्लव, थाक्रे
  • अरुणोदय युवा क्लव, सिद्धलेक
  • पिपलटार युवा क्लव, सिद्धलेक
  • लालिगुँरास युवा क्लव, सिद्धलेक
  • धादिङ फुटबल क्लव, धादिङ नीलकण्ठ
  • मुनाल एकेडेमी, गजुरी
  • आहुती युवा क्लव, थाक्रे
  • शुभारम्भ युवा क्लव, ज्वालामुखी

यो नकआउट प्रतियोगितामा जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्नेछ । यसअघि नै जिल्ला लिगका लागि १० टिम छनोट भैसकेका छन् यो नकआउट सकिना साथ लिग सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए ।