फलफूलका विरुवा हुर्काउँदै सामुदायिक वन

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २१, २०८०

काठमाडौं । सामुदायिक वनले विपन्न समुदायको आर्थिक विकासमा टेवा पुगाउन पहिलो पटक फलफूलका बोट बिरुवा लगाइएको खोजीपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिपककुमार थापाले बताउनुभयो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खोजीपुर सामुदायिक वन ०६६ सालमा समुदायमा हस्तान्तरण गरिएको वनको जिनुवा बस्ती नजिकको क्षेत्रमा फलफुलका विरुवा लगाइएको छ । खाली चौर र अतिक्रमण खालीगरी वृक्षारोपण गरिएको छ । यसै वर्ष १० हेक्टर खाली क्षेत्रमा फलफूलको बिरुवा लगाएको सामुदायिक वनले जनाएको छ ।

आँप, लिची, अमला, कटहरलगायत जातका फलफुलका बिरुवा लगाइएको छ । यसैगरी कोइली नदीले कटान गर्दैआएको तट जोगाउन करिव ५ हेक्टर क्षेत्रफलमा बाँसको बिरुवा लगाइएको छ । वृक्षारोपण गरिएको बिरुवा जोगाउन तारबार गरिएको छ ।

वनको आम्दानीले सार्वजनिक शौचालय, सिंचाइँ सुविधाका लागि १२६ मिटर नहर निर्माण भएको छ । वनले सभाहल निर्माणको चरणमा रहेको छ । वनमा गत वर्ष उत्पादन भएका १९ हजार घनफिट काठ लिलाम बढाबढगरी बिक्री गर्ने तयारी रहेको छ । सो वन २७६।५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । गोरखापत्रबाट