मिन्दुकामा चित्रकला प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १९, २०८०

धादिङ । ६१ औ रेडक्रस स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल मिन्दुका मावि को आयोजनामा चित्रकला प्रतियोगिता भएको छ ।

विधालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजकको रुपमा आफुलाइ स्थापित गर्दै आएको युवा सर्कलले आज आधारभूत तह र माध्यमिक तह गरि विधार्थिहरुलाइ दुइ तहमा बिभाजन गरि आधारभुत तहको लागि “वातावरण सरसफाइमा रेड्क्रसको भुमिका” र माध्यामिक तहको लागि ” विपद ब्यबस्थापनमा रेडक्रसको भुमिका” विषयमा चित्रकला प्रतियोगिता आयोजना सन्चालन गरेको हो ।

उक्त कार्यक्रम आधारभूत तहबाट ४५ जना र माध्यमिक तहबाट १७ जनाको उत्साहजनक सहभागीतामा सम्पन्न भएको थियो।
त्यस्तैगरी विधालयमा कृयशिल रहेको बालक्लबले पनि हिजो एक कार्यक्रम मार्फत मिन्दुका विध्यार्थी आवाज नामक भित्ते पत्रिका (२०८० अङ्क १ ) को उद्घाटन गरेको थियो । उक्त बालक्लबले सम्पुर्ण बिध्यार्थिहरुको सहभागीता रहनेगरी अगामी दिनहरुमा पाक्षिक रुपमै भित्तेपात्रो निकाल्ने कुरा शिक्षक प्रमोद अर्यालले बताए ।

विध्यार्थिहरुलाइ पढाईमा मात्रै सिमित नगरिकन उनिहरुको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्नको लागि आफै आयोजक बनी कार्यक्रमको समापन समेत गर्ने अवसर बिधालयले प्रदान गर्दै आएकोले उनिहरुको चौतर्फी विकासमा यस्ता कार्यक्रमले अहम भुमिका खेल्नेकुरा विधालयका प्रधानाध्यापक जनार्दन नेपालले बताए ।

विध्यालयमा कृयशिल रहेका विभिन्न बाल समुहहरुले आगामी दिनहरुमा पनि आलोपालो सन्चालन गर्ने गरि विभिन्न कार्यक्रमहरुको समेत योजना बनाएर अगाडी बढेको कुरा विधालयका युवा रेड्क्रस सर्कलका शिक्षक नायक अपिल कोइरालाले बताए ।