धादिङ । धादिङबेसीमा जारी जिल्ला स्तरीय डबल ब्याटमिन्टन प्रतियोगितामा धादिङ अस्पतालका लेखा अधिकृत विष्णु प्रसाद चापागाई र फार्मेसी शाखा प्रमुख दिपबहादुर सिंह ठकुरी (सुदिप) को जोडी प्रथम भएको छ ।
प्रतियोगितामा दोस्रो बन्न सफल भएको छ नेपाल प्रहरीका सुमन महतो र निरज लामीछानेको जोडी ।
कर्मचारी मिलन केन्द्र धादिङले आयोजना गरेको उक्त प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । मिलन केन्द्रले भदौ २० गते कर्मचारी र पत्रकार बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको समेत आयोजना गर्ने भएको छ ।