भदौ २२ गते सार्वजनिक विदा

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १९, २०८०

धादिङ । बागमती प्रदेश सरकारले यही भदौ २२ गते मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा यही भदौ २२ गते प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।