धादिङ । नेशनल किक बक्सिङ एसोसिसयन नेपाल धादिङको आज सम्पन्न पहिलो अधिबेशनबाट अध्यक्षमा विनोद खतिवडा चयन भएका छन् ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका खतिवडालाई अध्यक्षमा चयन गरेको हो भने उपाध्यक्षमा विष्णु खड्का, नमराज नेपाल र प्रकाश उप्रेती,सचिवमा रञ्जित अधिकारी, कोषाध्यक्षमा रविना वाग्लेलाई चयन गरेको छ ।
यस्तै भेलाबाट सदस्यहरुमा सुदिप खतिवडा, अरुण सुवेदी, आरम श्रेष्ठ, सुदिप बोहोरा, बालकृष्ण खतिवडा, मोहन खाती, प्रविण खतिवडा चयन भएका छन् ।