धादिङ । धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं। १४ धुँवाकोट निवासी हाल चन्द्रागिरी नगरपालिकामा बसोबास गर्दै आएका अमृत भन्ने ठानेश्वर न्यौपानेलाई पाँच करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा नियन्त्रणमा गरिएको प्रहरीले जनाएको छ ।
न्यौपानेले धादिङ गजुरी गाँउपालिका घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा व्यवसाय गर्दै आएका अचुत अर्यालको ५ करोड भन्दा बढी रकम ठगी गरेको उजुरी पछि पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
पिडित भनिएका अर्यालले, न्यौपाने दम्पती बीरुद्ध जाहेरी दर्ता गराएपछी पक्राउ गरिएको जिल्ला प्रहरी परिषर कार्यालय टेकुले जनाएको छ । प्रहरीका अनुसार अहिले उनीमाथी अनुसन्धान भैरहेको छ । “पिडत भनिएका अचुत अर्याल पनि अहिले परिषरमै आउनुभएको छ । उहाँसमेतको उपस्थितीमा पक्राउ परेका व्यक्तिसंग सोधपुछ भैरहेको छ । सोधपुछको प्रकृयापछी मुद्धा दर्ता गर्छौँ ।” परिषरमा कार्यरत् एक प्रहरी अधिकृतले भने ।