आरुघाट कभर्ड हल मुख्यमन्त्री जम्कट्टेलद्वारा उद्घाटन

Avatar photo
उपेन्द्र जम्कट्टेल
बिहिबार, भदौ ७, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाट स्थित विशालनगर बनाईएको कभर्डहल आज एक विशेष समारोहका बीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् ।

भवन उद्घाट गर्दै मुख्यमन्त्री जम्कट्टेलले कार्तिकमा बुढी गण्डकी जलविद्युत आयोजनाको ड्यामको शिलान्यास हुने बताएका छन् । अतिक्रमण क्षेत्रका स्थानीयहरुको समस्या समाधान हुन्छ बाँकी मुअब्जा पनि वितरण हुने जनाउँदै उनले यस विषयमा प्रधानमन्त्री धेरै सकारात्मक रहेको बताए । अतिक्रमण क्षेत्रका स्थानीयहरुको पुनरवास सबैको चासो छ । यस विषयमा पटक पटक प्रधान मन्त्री प्रचण्ड सँग कुरा गरि सकेको छु पुनरवास हुन्छ, ढुक्क रहनुहोस् मुख्यमन्त्री जम्कट्टेलले भने ।

कार्यक्रममा पूर्व सांसद जगत सिंखडा, पालिका प्रमुख राजु उप्रेती, लगायतले अरुघाटबजारमा बनेको कभर्डहलले खेलकुदमा स्थानीयको चासो दर्साएको र यस हलमा अन्य कार्यक्रम पनि गर्न सकिने हुँदा बहुउपयोगि भवन बनेको बताएका थिए ।

उक्त कभर्डल निमार्णका लागि प्रदेश सांसद हुदाँ जगत सिंखडाले प्रदेशका तर्फबाट ९ लाख ७० हजार विनियोजन गरेका थिए भने, देश/विदेशमा रहेकाहरुबाट ४ लाख, ११ हजार ११३ र आरुघाटका ब्याडमिण्टन खेलाडीहरुको सहयोग १ लाख ६७ हजार ९३३ रुपैयाँ खर्च गरिएको थियो । विशालनगर ब्याडमिण्ट क्लव त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटले उक्त कभर्डल निमार्ण गरेको थियो । क्लवको अध्यक्ष जितेन्द्र श्रेष्ठ छन् ।

भवन उद्घाटनको अवसरमा प्रतियोगिता
भवन उद्घाटनको अवसरमा विशालनगर ब्याडमिण्ट क्लव त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटले आजै बी लेभलको जिल्ला स्तरीय पुरुष युगल ब्याडमिण्टन प्रतियोगिताको समेत आयोजना गरेको छ । प्रतियोगिताको पुरस्कार राशी प्रथम २० हजार, दोस्रो १० हजार र तृतिय पुरस्कार ५ हजार पाउने छन् ।