स्थानीयको सक्रियतामा थम्बु-बच्छला-बृचेत सडक मर्मत

Avatar photo
Dhadingpost
बुधबार, भदौ ६, २०८०

धादिङ । अविरल पानीका कारण बन्द भएको खनीयाबास ५ स्थित थम्बु-बच्छला-बृचेत सडक खण्ड स्थानीयले मर्मत गरेका छन् ।

वर्षादका कारण भल पानीले बगाएको बाटो मर्मत नहुँदा सकस पैदा भएपछि वडा अध्यक्षको सक्रियतामा स्थानीयहरुले सडक मर्मत गरेका हुन् ।