काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ३२ सिटे माओवादी नेतृत्वको सरकारले गरेका कामले ८० सिटेलाईतनाव भएको बताएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एमालेतिर इंगित गर्दै यस्तो बताएका हुन् ।
कमरेडहरू ३२ सिटेले नेतृत्व गरेको सरकारले गरेका कामले ८० सिटेलाई तनाव भएको छ । यसमा हामीले गर्व गर्नुपर्छ । सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध कडारूपमा प्रस्तुत भएपछि यसलाई रोक्न देशी विदेशी चलखेलहरू समेत उनले प्रशिक्षणमा बताएका थिए ।