गजुरीका चार दलले पालिका अध्यक्षलाई बुझाए ध्यानाकषर्ण पत्र

Avatar photo
Dhadingpost
सोमवार, भदौ ४, २०८०

धादिङ । गजुरीका चार पार्टीहरु (एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाल) ले गजुरी गाउँपालिकाका अध्यक्ष गणशलाल श्रेष्ठलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आठ बुँदे माग समावेस गरिएको उक्त ध्यानाकर्षपत्र गजुरीका चार दलले आईतबार बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रलाई सकारात्मक रुपमा लिँदै अध्यक्षले केही कमजोरीहरु भएको र त्यसलाइ तत्काल सच्याइ अगाडि बढ्ने प्रतिबद्धता जनाएको राप्रपा गजुरीका दिपेन्द्र शाहले बताए । बिषयगत बिधामा बाहेक अन्यन्त्र सरुवा भएका केही कर्मचारिको सरुवा नगर्ने र सबै समस्या समाधानका लागि छलफल बाटै अगाडि बढ्ने समेत अध्यक्षले प्रतिवद्धता गरेको उनलले धादिङपोष्टलाई बताए ।

ध्यानाकर्षण पत्र जस्ताको तस्तै: