धादिङ अस्पतालमा किन हुँदैन, सर्पले डसेका विरामीको उपचार

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १, २०८०

धादिङ । धादिङ अस्पताल अब १०० बेडको हुने र त्यसका लागि वजेट विनियोजन भैसकेको मुख्यमन्त्रि शालिकराम जमकट्टेलले बताउँदै आएका छन् । स्वीकृत ५० बेडको धादिङ अस्पताल अहिले ९० वेडमा संचालन भैरहँदा यहाँबाट प्रवाह हुने सेवा पनि प्रभावकारी हुँदै गरेको सेवाग्रहीहरु बताउँ छन् ।

भौतिक पूर्वधारको अभाव र कम तलवमा पनि स्वाथ्यकर्मीहरुको खटाई र सेवामा स्वास्थ्यकर्मीहरुको एकताले अस्पतालबाट गुणस्तरिय सेवा प्रवाह सुरुभएको मान्न सकिन्छ । १०० बेडको तरखरमा रहेको यस अस्पतालमा सर्पले डसेका विरामीको उपचार नहुनु दुखद पक्ष भएपनि यसतर्फ सरोकारवालाहरुको चासो नदेखिदा सर्पदंशका बिरामीलाई उपचार गर्न काठमाडौं लैजानुको विकल्प छैन ।

सर्पदंशका बिरामीको उपचारका लागि ‘एन्टिस्नेक भेनम, आइसीयू र भेन्टिलेटर आवश्यक पर्छ आइसीयू छ, काम पनि भैरहेको छ, तर भेन्टिलेटर भएता पनि यस सँग सम्बन्धित चिकित्सक नहुँदा यो सुचारु गर्न सकिएको छैन । जसका कारण ‘एन्टिस्नेक भेनम, चलाउने स्वीकृती पाएका छैनौ स्वीकृतीको लागि जटिल त नहोला तर यसका लागि पनि तालिम प्राप्त चिकित्सक आवश्यक पर्छ त्यो हामी सँग नभएकोले रिफर गर्न वाध्य भएको निमिक्त मेडिकल सुपरीटेन्डेण्ट रुद्रमणि भण्डारी बताउँ छन् ।

फाईल तस्वीर