आरुघाट कभर्डहल भदौ ७ गते मुख्यमन्त्री जम्कट्टेल उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १, २०८०

धादिङ । बागमती प्रदेश सरकारको ९ लाख ७० हजार, देश/विदेशमा रहेकाहरुबाट ४ लाख, ११ हजार ११३ र आरुघाटका ब्याडमिण्टन खेलाडीहरुको सहयोग १ लाख ६७ हजार ९३३ रुपैयाँबाट निर्माण भएको आरुघाट विशालनगर स्थित कभर्डहलको उद्घाटन भदौं ७ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् ।

उद्घाटनको दिन भदौ ७ गते उक्त कभर्डहलमा विशालनगर ब्याडमिण्ट क्लव त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटले बी लेभलको जिल्ला स्तरीय पुरुष युगल ब्याडमिण्टन प्रतियोगिताको समेत आयोजना गर्ने भएको छ ।

क्लवका अध्यक्ष जितेन्द्र श्रेष्ठका अनुसार प्रतियोगिताको पुरस्कार राशी प्रथम २० हजार, दोस्रो १० हजार र तृतिय पुरस्कार ५ हजार रहेको छ ।