धादिङमा आज ७३ जनामा डेंगु संक्रमण, एकको मृत्यु

Avatar photo
Dhadingpost
बिहिबार, साउन ३२, २०८०

धादिङ । धादिङमा आज ७३ जनामा डेंगु संक्रमण भएको देखिएको छ भने एक जनाको मृत्यु भएको छ ।

ज्वालामुखी निवासी एक ७२ वर्षिय एक महिलालाई जटिल भएपछि जिल्ला अस्पताल धादिङबाट काठमाडौं रिफर गरिएको र ति महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज डेंगु संक्रमित हुनेमा नीलकण्ठ नगरपालिकामा ६४ जना, सिद्धलेकमा ५ जना, ज्वालामुखीमा २ जना, गजुरीको १ जना र अन्य जिल्लाको १ जना गरि ७२ जना छन् ।

यो सँगै धादिङ डेंगु संक्रमित संख्या १७५५ जना र मृत्यु हुनेको संख्या १ पुगेको छ ।