मार्पाक प्रिमियर लिग भदौ १६ देखि हुने

Avatar photo
Dhadingpost
बिहिबार, साउन ३२, २०८०

काठमाडौं । मार्पाक प्रिमियर लिग (एमपीएल) काे दशौं संस्करण भदौ १६ गते शनिबार देखि काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

नेत्रावती डबजाेङ्ग गाउँपालिका स्तरीय हुन लागेकाे दशौं संस्करणकाे एमपीएल फुटसल प्रतियाेगिता फ्रेन्डस स्टार फुटसल, भत्केपुल काठमाण्डाैमा हुनेछ भने प्रतियाेगिता बिहान ९ बजेबाट शुरु हुनेछ ।

डबजाेङ्ग गाउँपालिका भित्रका ५ वटै वडाका टिमहरुले सहभागिता जनाउन सक्ने प्रतियाेगिताकाे बिजेताले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेताले नगद रु ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ साथै उत्कृष्ठ गाेलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

दर्ता शुल्क रु १०००/- राखिएकाे प्रतियाेगितामा सहभागी हुने टिमले खेलाडीहरुकाे नागरिकताकाे फाेटाेकपी वा परिचय खुल्ने प्रमाणपत्रकाे फाेटाेकपी सहित भाद्र १३ गते बेलुका ५ बजेसम्म शुल्क बुझाई सक्नुपर्ने र भाद्र १५ गते बेलुका ४ बजे फुटसलमा सबै कप्तानहरुकाे उपस्थितिमा टाईसिट सार्बजनिक गरिने समेत आयाेजकले जनाएकाे छ ।

एन्फा रेफ्रिद्वारा लिग कम नक आउटकाे आधारमा संचालन गरिने प्रतियाेगिताकाे आयाेजक मार्पाक भेट्रान्स फुटसल टिम र सह-आयाेजक मार्पाक सामुदायिक क्लब (CCM) रहेकाे छ । फाईल फोटो