डेंगु नियन्त्रणको लागि सरसफाई गर्दै बेनीघाट रोराङका जनप्रतिनीधि र कर्मचारी

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३०, २०८०

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले सोमबार स्वास्थ्यकर्मी एवम् रोकारवालाहरुलाई डेंगु रोकथाम तथा नियन्त्रणका लागि अभिमुखिकरण गराएको थियो भने आज कार्यालय परिषर सरसफाई गरेको छ ।

डेंगु रोकथाम र नियन्त्रणका लागि पहिलो काम डेंगुको वासस्थान नष्ट गर्नु हो, सरसफाई र पानी जम्न नदिनु हो त्यसका लागि आफु कार्यरत कार्यालय परिसरबाट यो अभियानलाई प्रभावकारी रुपमा सुरु गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले बताए ।

बेनीघाट रोराङगाउँपालिकामा साउन १ गते देखि हाल सम्म पुरुष २२ र महिला १० गरी ३२ जनामा डेंगु संक्रमण पुष्टि भईसकेको छ ।

फोटो सौजन्यः बेनीघाट रोराङ गाउँपालिका