धादिङमा ३९ जनालाई स्क्रबटाईफस, आज मात्रै ५ जनामा पुष्टी

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३०, २०८०

धादिङ । धादिङ जिल्लामा यतिबेला डेंगु, आँखा पाक्ने रोग र स्क्रबटाईफस संक्रमण तिब्रगतिमा फैलिरहेको छ ।

धादिङमा साउन १ गते देखि ३० गते सम्म स्क्रबटाईफस संक्रमित संख्या ३९ जना पुगेको र आज मात्रै ५ जनामा स्क्रबटाईफस संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सुक्ष्म हुन्छ । यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपात तथा झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

धादिङ थाक्रे बाहेकका सबै पालिकामा डेंगु देखिएको छ । धादिङमा यो साउन यता १,५३२ जनालाई डेंगु हुँदा नीलकण्ठको मात्रै १,३३७ जना छन् ।