बेनीघाट रोराङमा डेंगु नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

Avatar photo
Dhadingpost
सोमवार, साउन २९, २०८०

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले स्वास्थ्यकर्मी एव् सरोकारवालाहरुलाई अभिमुखिकरण गराएको छ ।

यस गाउँपालिकामा साउन १ गते देखि हाल सम्म पुरुष २२ र महिला १० गरी ३२ जनामा डेंगु संक्रमण पुष्टि भईसकेको छ ।

डेंगु रोकथाम र नियन्त्रणका लागि पालिकाभित्र रहेका स्वास्थ्यकर्मी र सरोकारवालाईलाई एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले धादिङपोष्टलाई बताए ।

धादिङ थाक्रे बहेकका सबै पालिकामा डेंगु देखिएको छ । धादिङमा यो साउन यता १,५३२ जनालाई डेंगु हुँदा नीलकण्ठको मात्रै १,३३७ जना छन् ।