धादिङ । धादिङमा आज ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ, जस मध्य ७६ जना नीलकण्ठ नगरपालिकाका हुन् ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार धादिङमा आज नीलकण्ठ नगरपालिकामा ४२ पुरुष ३४ महिला गरी ७६ जना, ज्वालामुखीमा २ जना, गजुरी र सिद्धलेकमा १–१ जना गरी ८० जनालाई डेंगु संक्रमण पुष्टि भएको हो ।
धादिङ थाक्रे बहेकका सबै पालिकामा डेंगु देखिएको छ । धादिङमा यो साउन यता १,५३२ जनालाई डेंगु हुँदा नीलकण्ठको मात्रै १,३३७ जना छन् ।