धादिङ । धादिङको गंगाजमुना गाउँपालिका १ स्थित री गाउँ पहिरोको जोखिममा परे सँगै ५० घर धुरीले घरका सामान सार्न थालेको छन् । पहिरोको जोखिममा ६५ घर धुरी रहेका छन् । अहिले माथिबाट पहिरो खसिहाल्दा ५० घरधुरी पुरिने अवस्था रहेकोले आजका लागि जोखिम नदेखिएको नजिकका ठाउँहरुमा सामान सार्न थालिएको वडा अध्यक्ष बहादुर तामाङले बताए ।
म बिहान भर री गाउँ मा थिए सबै तिर खवर गरिएको छ । जिल्लाबाट, दार्खा र फुलखर्कबाट हिडेको प्रहरी टोली री गाउँ आउँदै छ । ६५ घर धुरी पहिरोको जोखिममा रहेपनि ५० घरधुरी री गाउँमा बस्न सक्ने अवस्था छैन । उहाँहरुलाई कहाँ कसरी राखिने भन्ने विषयमा निर्णय भई नसकेको उनले बताए ।
गाउँभन्दा माथिका जमिन चिरिएकोले कति खेर पहिरो खस्छ ठेगान छैन अहिले स्थानीयहरु सामान अन्यत्र सार्न व्यस्त छन् । छिमेकीहरु पनि सामान सार्न व्यस्त छन् आज छिमेकी कै मा बस्छन् भोली देखि के गर्ने भन्ने निर्णय हुनै बाँकी रहेको पास्टर स्थानीय खसर्की तामाङले धादिङपोष्टलाई बताए । फाईल तस्वीर री गाउँ