चोरी मुद्धामा थुनामा रहेका धादिङका एक पुरुष, हत्या आरोपित फरार अभियुक्त समेत

Avatar photo
Dhadingpost
सोमवार, साउन २९, २०८०

धादिङ । चोरी मुद्धामा कारागार रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानी (तल्लो पोखरा) का शिवराम अधिकारी कर्तव्य ज्यानका फरार अभियुक्त समेत रहेको पाईएको प्रहरीले प्रहरीले जनाएको छ ।

थानकोटमा चोरी गर्दा गर्दै ०७९ कार्तिक ६ गते पक्राउ परेका अर्जुन अधिकारी चोरी मुद्धामा ३ वर्ष कैद सजाय भए सँगै केन्द्रिय कारागारमा थिए । ०७४ साल पुष २९ गते बल्खुमा भुवनेश्वरी मन्दिर पछाडी बोक्सी डाडाँमा मकवानपुर मनहरा ३ निवासी अप्सरा भन्ने नारायणी तिमल्सिनाको हत्या भएको थियो ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले शिवराम अधिकारीलाई खोजि रहेको थियो । अहिले कारागारमा निज अर्जुन अधिकारीलाई उनको श्रीमतीले निरन्तर सम्पर्क गर्ने गरे सँगै प्रहरीले अर्जुन अधिकारी भन्ने मान्छे नै शिवराम अधिकारी रहेको पत्ता लागेको बताएको छ ।