एड्भान्सको हरियो सदनले विविध कार्यक्रम गरि दिवस मनायो

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २६, २०८०

धादिङ । प्याब्सन आधारशिला पाठशालामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा संचालन भईरहेको थियो । प्रथम हुने महत्वकांक्षाका सहित सहभागि एड्भान्सले उद्धेश्य पुरा पनि गर्यो । यहि समयमा एड्भान्समा भने हरियो सदनले विविध कार्यक्रमका साथ दिवस मनाई रहेको थियो ।

विशेष गरी हरियो सदनका विद्यार्थीहरू र शिक्षकहरूको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सदनभित्रका विद्यार्थीहरूले आफ्नो नृत्यकला, वक्तृत्वकला, गायन कला प्रस्तुत गर्नुका साथै नाटक मञ्चन समेत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले बनाएका क्र्याफ्टहरू पनि प्रदर्शन गरिएको थियो । हरियो सदनको प्रिफेक्ट रोजन सुनार र एलिना बानियाँले कार्यक्रम सञ्चालन गरेका थिए भने सदनको संयोजक शिक्षक कृष्ण गुरुङको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालयको तर्फबाट सेकेण्डरी इन्चार्ज सुदिप पोखरेलले सदनको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।

हरियो सदनभित्र रहेका सम्पूर्ण विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रस्फुटन गर्ने हेतुले एड्भान्स एकेडेमीले यस कार्यक्रम सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिए । विद्यालयमा अन्य सदनहरूको दिवस पनि यस्तै विशेष कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ ।