एड्भान्स एकेडेमी जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २६, २०८०

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) धादिङले आधारशिला पाठशाला धादिङबेसीमा शुक्रबार आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएको छ । छात्रा र छात्रले पाएको अंक स्कोरको आधारमा ब्राइट फ्युचर द्वितीय, चिल्ड्रेनपार्क तृतीय र मुनाल एकेडेमी सान्त्वना भएका छन् ।

छात्र र छात्राहरूको छुट्टाछुट्टै प्रतियोगिता भएको थियो जसमा छात्रतर्फको प्रतियोगितामा ब्राइट फ्युचरबाट करुण सिलवाल प्रथम, एड्भान्सबाट रिदम श्रेष्ठ द्वितीय, ब्लुमिङ लोटसबाट दिपर्शन गजुरेल तृतीय र मुनाल एकेडेमीबाट अभिजन उप्रेती सान्त्वना भएका छन् ।

त्यस्तै छात्रातर्फ भने एड्भान्सकी कृतिका ढकालले प्रथम स्थान हाँसिल गरेकी छिन् । चिल्ड्रेनपार्ककी पुर्णिका थापा मगर, ब्राइट फ्युचरकी अस्तिका खरेल र मुनाल एकेडेमीकी रिना घलेले क्रमसः द्वितीय, तृतीय र सान्त्वना स्थान ओगट्न सफल भएका छन् ।

प्याब्सन धादिङद्वारा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष तथा चिल्ड्रेनपार्क आवासीय माविका संस्थापक विनोदमान श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने संस्थाका सचिव तथा सुनगाभा एकेडेमीका संस्थापक रामहरि अधिकारीले कार्क्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्याब्सन धादिङका १२ वटा सदस्य विद्यालयहरूबाट २४ जना विद्यार्थीहरू, संस्थापकहरू, प्रिन्सिपलहरू र शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको रहेको संस्थाका अतिरिक्त क्रियाकलाप समितिका सदस्य तथा एड्भान्स एकेडेमीका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।