धादिङको गजुरी र थाक्रे सहित १६९ पालिकाले तलवी प्रतिवेदन पारित नगरि शिक्षकलाई तलब खुवाए

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २६, २०८०

धादिङ । धादिङको दुई पालिकाले तलवी प्रतिवेदन पारित नगरि तलब खुवाएको राष्ट्रिय किताबखाना (शिक्षक) ले उल्लेख गरेको छ । शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२६ उपनियम २ मा उल्लेख भए अनुसार नगरि बिना प्रतिवेदन तलव निकासा गर्ने १६९ पालिकाको सार्वजनिक गर्दा धादिङको थाक्रे र गजुरी परेका हुन् ।

प्रत्येक पालिकाहरुले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक) बाट पारित गरी तलव भत्ता भुक्तानी गर्नु पर्ने भएता पनि धादिङको दुई सहित देशभरका १६९ पालिकाले शैक्षिक सत्र २०७९ मा तलवी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गरेको राष्ट्रिय किताबखाना (शिक्षक) ले उल्लेख गरेको छ ।

गजुरीका गाउँपालिकाका शिक्षा अधिकृत सन्तोष पौडेलले धादिङपोष्ट सँग कुरा गर्दै भने यो प्रतिवेदन पेस गर्ने काम नितान्त पालिकाको शिक्षा शाखा कै काम हो, गत आर्थिक वर्ष पेस गरिएको रहेन छ । यस अघिका शिक्षा अधिकृत ज्यूले पेस गर्नुपर्ने थियो पेस नै नभएपछि किताबखानाले पारित गर्ने कुरै भएन । यो सालको तलवी प्रतिवेदन पेस गर्ने तयारी भईसकेको उनले बताए ।

प्रत्येक पालिकाहरुले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन हरेक वर्ष राष्ट्रिय किताबखाना (शिक्षक) मा पेस गर्नु पर्ने र पास भएपछि मात्रै तलव खुवाउनु पर्ने कानुनी व्यवस्था हरेको छ । राष्ट्रिय किताबखाना (शिक्षक) ले तलवी प्रतिवेदन पास नगरी शिक्षकलाई तलव खुवाएको भन्दै धादिङको थाक्रे र गजुरी सहित १६९ पालिकालाई प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको लागि संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ ।