धादिङमा आज ८३ जनामा डेंगु पुष्टि, नीलकण्ठमा मात्रै ७४ जना

Avatar photo
Dhadingpost
बिहिबार, साउन २५, २०८०

धादिङ । धादिङमा आज ८३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जस मध्य नीलकण्ठको मात्रै ७४ जना छन् ।

आज डेंगु संक्रमण पुष्टि हुनेमा नीलकण्ठमा ४० पुरुष, ३४ महिला गरी ७४ जना, गजुरीमा २, सिद्धलेकमा ३, ज्वालामुखी ३ जना र गंगाजमुनामा १ जना रहेका छन् ।

यो सँगै धादिङमा डेंगु संक्रमण हुनेको संख्या १ हजार २०८ जना पुगेको छ । थाक्रे बाहेक धादिङको सबै पालिकामा डेंगु फैलिएको छ, अहिले सम्मको रेकर्डमा यो साउनमा थाक्रेमा डेंगु संक्रमित भेटिएको छैन । फाईल तस्वीर